INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा घटनाका आरोपितलाई डेढ वर्षको कैद फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, जाजरकोटले भारतको उत्तर प्रदेश जिल्ला रामपुर तहशिल सहारा स्थायी घर भई हाल जाजरकोटमा कपडाको व्यापारका लागि आएका ४० वर्षीय व्यापारी सलिम गुड्डुलाई डेढ वर्षो कैद र १५ हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले भदौ ५ गते सो सजाय सुनाउँदै पीडित बालिकालाई २० हजार रुपियाँ क्षतिपुर्ति भराउनुपर्ने फैसला गरेको जिल्ला अदालत, जाजरकोटका नायब सुब्बा सर्पराज खत्रीले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७६ जेठ १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १९ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई जेठ १९ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पताल, जाजरकोटमा भएको थियो ।

अन्य

भिडियो