१२ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुबारी अर्चलेका ६२ वर्षीय खुशबहादुर दुलालविरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले गत साउन ३१ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएपछि उक्त उजुरीको आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।