१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नपा–७ बस्ने ५४ वर्षीय पतिमान सार्कीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले साउन ३० गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकालाई आरोपितले विगत लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते धौलागिरी अञ्चल अस्पताल, बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।