१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–११ बस्ने ६८ वर्षीय गोपाल नेपालीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ फागुन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २९ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित नेपालीलाई गिरफ्तार गरेर अनुसन्धान कार्य अगाडि बढाएको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २९ गते गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र पीडित हाल गर्भवती रहेको प्रहरीले जनाएको छ ।