INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

शिशु बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नक्सालमा रहेको नेपाल बालमन्दिरका निर्देशक ४८ वर्षीय बालकृष्ण डङ्गोललाई साउन २९ गते गिरफ्तार गरेको छ ।

साउन १२ गते जन्मिएका शिशुलाई आरोपितले ४ लाख रुपियाँ भन्दा बढी रकम लिएर बेलायती नागरिक डोना स्मिथलाई विक्री गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी बोगटीले बताए ।

शिशु लिएर विदेश जान अध्यागमन विभागमा प्रक्रिया मिलाउँदै गर्दा स्मिथलाई प्रहरीले साउन २२ गते गिरफ्तार गरेको र स्मिथ गिरफ्तार परेसँगै डङ्गोलको विषयमा प्रहरीलाई उक्त खबर प्राप्त भएको बोगटीले बताए ।

पछिल्लो पटक २६ जुलाईमा नेपाल आएकी स्मिथ डेढ महिना अघि पनि शिशुकै लागि नेपाल आएकी तर नेपालबाट शिशु लैजान गैर कानुनी हुने बारे आफूलाई जनकारी नभएको प्रहरीसमक्ष बताएको प्रहरीले जनायो ।

आरोपित डङ्गोल र स्मिथलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न साउन २९ गते नै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले बतायो ।

अन्य

भिडियो