१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतमा पेश गरिएका विराटनगर महानगरपालिका-१० का २५ वर्षीय दिब्य पौदारले कसुर गरेको अदालतले ठहर गरेको छ ।
न्यायाधीश कृष्णमुरारी शिवाकेटीको इजलासले साउन २८ गते आरोपितले कसुर गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौड्यालले बताए ।
पीडित बालिकालाई विवाहित रहेका पौदारले विवाह गर्ने प्रलोभनमा पारी वैशाख १० गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको थियो ।
पीडित पक्षले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा जेठ २३ गते गरिएको थियो ।