साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
भरतपुर महानगरपालिका-३ स्थित घरमा बसिरहेको अवस्थामा रातिको करिब ८ बजेको समयमा बरालमाथि अपरिचित दुई व्यक्तिले अचानक हेल्मेट र बेल्चाले आक्रमण गरी घाइते बनाएको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीको आधारमा घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न आरोपितहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।
कुटपिटबाट टाउको र पिठँयुमा चोट लागि घाइते भएका बरालको उपचार साउन २७ गते नै भरतपुर अस्पतालमा गरिएको छ ।