INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा प्रतिबन्धित नेकपाबाट चन्दा माग गर्दै पत्रचार

स्थानीय तहमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाबाट चन्दा सहयोगका लागि पत्राचार भएपछि स्थानीय जनप्रतिनिधि तथा कर्मचारी त्रसित भएका छन् ।

स्वर्गद्वारी नपा, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आर्थिक सहयोग गर्न भन्दै पत्रचार गरेको भएपनि प्रहरीमा खबर नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले केही दिनअघि पत्र आएको भएपनि प्रहरीलाई खबर नगरेको बताए ।

त्यसैगरी स्थानीय उद्योगी व्यापारीसँग समेत सो पार्टीले चन्दा माग गरेको स्थानीय व्यवसायीले जानकारी दिएका छन् ।

अन्य

भिडियो