१४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा सुनसरी जिल्ला अदालतबाट कैद जरिबाना तोकिए पनि फरार रहेका धरान उमनपा–८ का २९ वर्षीय माइला भनिने पुष्प भुजेललाईका प्रहरीले साउन २३ गते गिरफ्तार गरेको छ ।
प्रहरीका अनुसार ०६४ पुस ५ गते १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार मुद्दामा उनीविरूद्ध जिल्ला अदालतले ०७३ भदौ १६ गते फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसला अनुसार भुजेललाई ११ वर्ष कैद सजाय तोकिएको छ । उनलाई गिरफ्तार गरेर कैद भुक्तानको लागि जिल्ला अदालत सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।