१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भनी पीडितले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।