INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई छुरा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

बीरगंज महानगरपालिका–१० घडिअर्वाकी २२ वर्षीया मनु चौधरीलाई छुरा प्रहार गरेको आरोपमा २४ वर्षीय पति रोशन कुमार गुप्तालाई प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ ।

छुरा प्रहारबाट घाइते भएकी कान्छी पत्नी मनुको बीरगंजको नारयाणी अस्पतालमा उपचार हुन नसके पछि बीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आरोपित गुप्ताले पत्नी चौधरीलाई घुमाउनका लागि बीरगंज महानगरपालिका–१५ भिषूवा डाडामा लगेका थिए ।

डाडामा रहेको झाडीमा लगेर धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको आरोप छ । आरोपित गुप्ता भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी अनन्त राम शर्माले बताए ।

अन्य

भिडियो