INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका-२ का २४ वर्षीय रमेश बढईलाई साउन १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो