शिखर नगरपापालिका–७ बैरकाटको वडा कार्यालयमा साउन ११ गते राति अज्ञातपक्षबाट आगजनी गरिएको वडा कार्यालयले जनाएको छ ।
आगजनीबाट वडा कार्यालयमा रहेको वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी टेवल दराजलगायतका सामग्री नष्ट गरिएको र करिब ११ लाख रूपियाँ बराबरको क्षति भएको वडा अध्यक्ष नरबहादुर बलायरले बताए ।
उनले भने–‘वडा कार्यालयको लगायतका कागजात लगायतका सम्पुर्ण सामग्री पुर्ण नष्ट गरिएको छ ।’ वडा कार्यालयमा आगजनी हुनु दुखद् रहेको भन्दै नगरपालिकाका उपमेयर धौलीदेवी रावलले निष्पक्ष रूपमा छानविन गरी दोषीलाई पत्तालगाई कानुनी कारवाहीका लागि माग गरिन् ।
आगो कसले लगायो किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको र नेत्रविक्रम चन्द समूहले गरेका हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए ।