१७ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का २१ वर्षीय पतिलाई साउन ९ गते गिरफ्तार गरेको छ ।
दुई महिना अघि विवाह गरेकी पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले साउन ९ गते पतिविरूद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
पीडितले दिएको उजुरीमा दुई महिनाअघि विवाह गरेको र घरमा भित्र्याए देखि नै आरोपितले कुटपिट गर्नुका साथै बलात्कार गरेको उल्लेख छ ।
आरोपितले भने पत्नीले स्थानीय महिलाको उक्साहटमा आफूविरूद्ध उजुरी दिएको बताएका छन् । प्रहरीले अनुसन्धानपछि कानुनी कारवाही अघि बढाउने जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।