पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–१ घर भई व्यास नपा–७ बस्दै आएका १९ वर्षीय नवीन थापालाई साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास थापाले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते नै दमौली अस्पतालमा गरी थप उपचार सोही अस्पतालमा भइरहेको छ ।