१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर राजीव श्रेष्ठले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रूम्जाटारमा साउन १ गते गरिएको छ ।