१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-९ बस्ने ५५ वर्षीय रामभक्त आचार्यलाई १० वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश रमानाथ पौड्यालको इजलासले असार २९ गते उक्त कैद सजायसँगै पीडित बालिकालाई आचार्यबाट १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति स्वरूप भराउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।
पीडित बालिकालाई आचार्यले ०७५ वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ २१ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो ।
घटना लगत्तै फरार रहेका आचार्य चैत १९ गते अदालतमा बयान दिनका लागि पुगेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।