INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६, तिलकनाका २६ वर्षीय रामु कार्कीलाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको प्रहरीले जनायो ।

अन्य

भिडियो