INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलकोटगढी नगरपालिका–९ का १८ वर्षीय प्रकाश तामाङलाई असार २७ गते गिरफ्तार गरेको छ ।

ज्याला मजदुरी गरेर घर फर्कने क्रममा पीडित महिलालाई जङ्गलको एकान्तमा बाटो कुरेर बसेका तामाङले असार २६ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो