भूकम्प पीडित परिवारले आफ्नो बालकको पढाइमा सहयोग गरिदिन इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीसमक्ष गरेको अनुरोधको आधारमा पीडित परिवारलाई सहयोग गरिएको छ ।
भक्तपुर नगरपालिका-१० मुलढोका कमलविनायक बस्ने रश्मिला अवालले इन्सेक प्रतिनिधि केसीसमक्ष असार २४ गते ५ वर्षीय छोरा सोनिम अवालको पढाइका लागि सहयोग गरिदिन मौखिक रूपमा आग्रह गरेपछि बालकको पढाइमा सहयोग पुर्याउन स्टेशनरी सहयोग गरिएको केसीले बताइन् ।
०७२ वैशाख १२ गतेको भूकम्पमा भक्तपुर नगरपालिका-१० मूलढोकामा रहेको घर भत्किएर पुरिएका ५ वर्षीय बालक सोनिम अवाललाई प्रहरीको टोलीले २२ घण्टा लगाएर उद्दार गरेको थियो ।