INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारभित्र कैदी मृत अवस्थामा फेला

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कोपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगहीन शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।

असार २२ गते राईको शव कारागार परिसरभित्रको प्रयोगहीन शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए ।

पत्नी हत्या आरोपमा ०७२ असार २७ गते अदालतबाट २० वर्ष कैद सजाय फैसला भएपछि उनी कैद भुक्तान गरिरहेका थिए ।

केही दिनयता तनावमा देखिएका राईले अप्रिय निर्णय लिनुको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशवकुमार कटुवालले बताए ।

शवको पोष्टमार्टमका जिल्ला अस्पतालको शव गृहमा राखिए पनि परिवार सम्पर्कमा नआएका कारण हालसम्म पोष्टमार्टम हुन नसकेको इन्स्पेक्टर कटुवालले बताए ।

अन्य

भिडियो