पाटन नगरपालिका–१० हतास निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन युवा सङ्घ नेपालका केन्द्रिय सदस्य ३५ वर्षीय श्यामराज भट्टलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेको अवस्थामा भट्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
भट्टलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको र उनीसँग प्रतिबन्धित नेकपाका पर्चा पम्पलेट र अन्य कागजपत्रहरू फेला परेको डिएसपी पाण्डेले बताए ।
घरमा सुतिरहेको अवस्थामा आफ्ना कार्यकर्तालाई गिरफ्तार गरी सरकारले राजनीतिक सङ्गठनमा सङ्गठित हुने अधिकारको उल्लङ्घन गरेको विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव रामसिह कुवँरको आरोप छ ।