INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–१७ बिरौटामा ४० वर्षीया गङ्गा सुनारलाई असार २२ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा–२२ पुम्दिभुम्दी घर भई पोखरा मनपा–१७ विरौटा बस्ने ४५ वर्षीय पति ध्रुब भनिने विरबहादुर सुनारलाई असार २२ गते गिरफ्तार गरेको छ ।

घटनापछि स्थानीयले प्रहरीमा गरेको खबरका आधारमा आरोपितलाई वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा मनपा–२२ स्थित कालिमाटीबाट गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी दानबहादुर कार्कीेले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि असार २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो