भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक अनुरोध गरेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा कात्तिक २३ गते आयोजित मानव अधिकार सञ्जाल नेपालगञ्जको बैठकमा भजन मानव अधिकार पुरस्कार छनौट समितिका संयोजक बसन्त गौतमले ०७३ मङ्सिर १ गते भित्र प्रस्तावित व्यक्तिको नाम सिफारिस गर्न अनुरोध गरेका हुन् ।
मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा उच्च योगदान पुर्याउने व्यक्तिलाई प्रत्येक दुई वर्षमा “भजन मानव अधिकार पुरस्कार” को नामबाट भजनराम चौधरी स्मृति अक्षय कोषले पुरस्कार तथा सम्मान गर्दै आएको छ ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत भजनराम चौधरीको प्रात भ्रमण सकेर घर फर्कँदै गर्दा ०६९ जेठ १६ गते एक बसले ठक्कर दिँदा मृत्यु भएको थियो ।