१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असार २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रबिन्द्रबहादुर खड्काले बताए ।
पीडित पक्षले असार १९ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल गुल्मीमा गरिएको छद्ध ।