१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–५ का ४० वर्षीय सुर्यबहादुर जिरेललाई असार १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १८ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकालाई आरोपितले फकाएर र धम्क्याएर पटकपटक बलात्कार गर्दै आएकोमा पछिल्लो पटक जेठ २० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
बाल हेल्पलाइन १०९८ मा फोन गर्दा आरोपितलाई कारवाहीको दायरामा ल्याउन सकिने जानकारी पाएपछि पीडित पक्षले ०७६ असार १८ गते उजुरी गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।