११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—७ का ३६ वर्षीय रामबहादुर चौधरीविरूद्ध असार १२ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले असार ७ गते र असार १० गते बलात्कार गरेको भन्दै अभिभावकलाई जानकारी गराएपछि मात्रै प्रहरीमाउजुरीआएको प्रहरीले जनायो ।
ढिलो गरी जानकारी प्राप्त भएकोले घटनाका आरोपित फरार भएको र प्रहरीले जोखी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते सेती अञ्चल अस्पतालमा गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।