७३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका खैरहनी नगरपालिका–३ का ४१ वर्षीय भोजबहादुर थापामगरलाई १२ वर्ष कैद फैसला भएको छ ।
साथै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको छ । जिल्ला अदालत चितवनका न्यायधीश वासुदेव न्यौपानेको इजलासले असार १२ गते उक्त फैसला गरेको हो ।
पीडित महिलालाई ०७५ माघ १७ गते बलात्कार गरेको भन्दै माघ १८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दर्ता भएको थियो ।
मगरलाई माघ १८ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १९ गते भरतपुर अस्पतालमा भएको थियो ।