INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला विरगञ्ज मनपा–२७ घर भई तिलोत्तमा नपा–१२ मा ठेकेदारको काम गर्ने ३८ वर्षीय जयराम दासलाई असार ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितलाई बुटवल उपमनपा–५ स्थित बुुटवल प्लाजा एण्ड रेष्टुुरेण्टको कोठा नं.१०३ बाट गिरफ्तार गरी बालिकाको उद्दार गरिएको हो ।
बालिकाकी आमासँग विवाहका लागि प्रस्ताव राखेको र प्रस्ताव अस्वीकार गरेपछि असार ९ गते अपहरण गरेको अनुुसन्धानबाट खुलेको डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित बालिकाकी आमाले असार १० गते घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । मोवाइलको लोकेशनका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते लुम्बिनी प्रादेशकि अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो