१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–५ सुनखानीका ४१ वर्षीय नारायण भूजेलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार १ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनायो ।
बलात्कारपछि फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालयको प्रहरीे टोलीले असार ८ गते गिरफ्तार गरेको उक्त कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,