२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते राप्ती गाँउपालिका–१ का २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले अलीलाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित महिलालाई अलीले ०७५ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा पुस १८ गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई पुस १८ गते गिरफ्तार गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते भालुवाङ स्वास्थ्य चौकीमा भएको र प्यारालाइसिसले बिरामी परेकी पीडितको ०७५ फागुन २७ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम फागुन २७ गते लमही अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।