INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ मजुवाका ५१ वर्षीय सर्जुप्रसाद गिरीलाई असार ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असार ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितपक्षले  दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो