INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

७१ वर्षीय महिलाललाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते दैलेख जिल्ला नौमुले स्थायी घर भई जुनिचाँदे गाउँपालिका–७ जुर्कमा बस्दै आएका ४३ वर्षीय जगतबहादुर रानालाई १२ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद र २० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको जिल्ला अदालत जाजरकोटले जनाएको छ ।

पीडित महिलालाई रानाले ०७५ पुस ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १९ गते उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई ०७५ पुस २२ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १९ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको थियो ।

अन्य

भिडियो