INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षाबाट वडा कार्यालयमा आगजनी

विनायक नगरपालिका–३ विनायक र ढकारी गाउँपालिका–५ तिखानमा रहेको वडा कार्यालयमा असार ९ गते राति अज्ञात पक्षबाट आगजनी गरिएको छ ।

स्थानीय नन्दबहादुर कडायतको घर भाडामा लिई सञ्चालनमा रहेको विनायक नगरपालिकाको वडा कार्यालयमा अज्ञात पक्षबाट पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।

आगजनीका कारण कम्प्युटर, प्रिन्टर, कुर्सी, टेबुल र कागजातमा क्षति भएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख जनकबहादुर शाहीले बताए । उक्त वडा कार्यालय इलाका प्रहरी कार्यालय विनायकबाट करिब ८ सय मिटर नजिक रहेको छ ।

इलाका प्रहरी कार्यालय ढकारीबाट ढकारी गाउँपालिका–५ मा रहेको वडा कार्यालयमा पुग्न करिब पाँच घण्टासमय लाग्ने भएकोले क्षतिको विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहीले बताए ।

अन्य

भिडियो