१३ वर्षीया बालिकालाई असार ७ गते सामूहिक बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका-१५ का २४ वर्षीय विजय चौधरी, सोही ठाउँका ४० वर्षीय झगडु चौधरी र धनगढी उमनपा-७ का २६ वर्षीय कुट्टु चौधरीलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई मोटरसाइकलमा बसाली नजिकैको पटेलाको जङ्गलमा लगि बलात्कार गरेको पीडित बालिकाले आमालाई भनेपछि पीडित पक्षले प्रहरीमा असार ७ गते उजुरी दिएको थियो।
पीडित पक्षले दिएको उजुरीका अधारमा आरोपितहरूलाई असार ७ गते धनगढी उमनपा-१५ उर्माबाट गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा असार ७ गते गरिएको थियो ।