६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–९ का ३२ वर्षीय देवेन्द्र गौतमलाई असार ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि सोही उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा असार ६ गते गरिएको छ ।