INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खडग नपा–३ पंसेराका ३५ वर्षीय ओपेन्द्र भनिने उपेन्द्र राम मोचीलाई सप्तरी जिल्ला अदालतले असार ६ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले आरोपितविरूद्धको अभियोग दावी पुग्ने भन्दै पाँच वर्ष कैदसजायको फैसला गरेको अदालतले जनाएको छ ।

आरोपितले ०७४ साउन १ गते राति पीडितको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको आरोपमा कैदसजायको फैसला गरिएको फाँटका कर्मचारी राजेश चौधरीले जानकारी दिए ।

पीडित महिलाले ०७४ साउन ४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी सोही दिन दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ साउन ४ गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित साउन २५ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो