INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरप्तार

कालिकोट खाडाँचक्र नपा–३, ताडीगाउँ स्थायी ठेगाना भई छायाँनाथ रारा नपा–२ न्युरोडमा खाजा पसल सञ्चालन गर्दै आएकी २७ वर्षीया नानी कोइरालालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति लक्ष्मी पाण्डेलाई असार ६ गते गिरफ्तार गरेको छ ।

दुई वर्षदेखि खाजा पसल गर्दै आएका पाण्डेले असार ३ गते राति पत्नीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आरोपितले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको भन्दै माइतीपक्षले असार ६ गते नै जिल्ला प्रहरी कार्यालय, मुगुमा उजुरी दिएका थिए ।

मृतकका माइती पक्षले प्रहरीमा दिएको किटानी उजुरी अनुसार घटना भएको चार दिनपछि  जेठ ६ गते आरोपितलाई गिरप्तार गरेको हो ।

आरोपित पक्षले भने मृतकले विष सेवन गरेर आत्महत्या गरेको दावी गर्दै आएको थियो । जिल्लास्थित मानव अधिकार, महिला अधिकारकर्मी र सञ्चारकर्मीको दबाबपछि मात्रै प्रहरीले उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको मृतककी आमा जयकला शाहीले बताईन् ।

उजुरी दर्ता गराउन जाँदा प्रहरीले दर्ता गर्नुको साटो महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको महिला अधिकारकर्मी सुर्यदेवी मल्लले बताइन् ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गर्ने तयारीमा रहेको र पोष्टमार्टम पछि मात्रै शव बुझ्ने मृतकका दाइ ऐनबहादुर शाहीले बताए ।

अन्य

भिडियो