INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य सङ्कलन गर्न प्रस्थान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य बुझ्न एक टोली सर्लाही प्रस्थान गरेको इन्सेकले जनाएको छ ।

इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित टोली असार ६ गते घटनास्थल प्रस्थान गरेको इन्सेकले असार ६ गते विज्ञप्ति मार्फत जनाएको हो ।

लालबन्दी नगरपालिका-१ मा रहेको जङ्गलमा दुई ओटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो ।

टोलीले विभिन्न माध्यमबाट सङ्कलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने पनि इन्सेकले जनाएको छ ।

अन्य

भिडियो