पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नपा–५ बदालपुरका ६८ वर्षीय लखनलाल चौधरीलाई असार ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय राजापुरमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी तिलक भारतीले बताए । डिएसपी भारतीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते कैलाली जिल्लाको टिकापुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।