३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनपालथान गाउँपालिका-३ का ३० वर्षीय उपेन मण्डललाई असार ३ गते ८ वर्षको कैद सजाय फैसला गरेको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी मण्डलबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।
आरोपितले पटकपटक बलात्कार गरेको अन्तिम पटक ०७५ भदौ १३ गते बलात्कार गरेको आरोपमा पीडितले माघ २९ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएकी थिइन् ।
उजुरी लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी कानूनी कारवाही अघि बढाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा माघ २९ गते गरिएको थियो ।