INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई जेठ ३१ गते यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले माडी नगरपालिका–९ का ४५ वर्षीय अम्वीर सुनारविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असार १ गते उजुरी गरेको छ ।

पीडित बालिकाकी आमाले उजुरी दिएको भएपनि आरोपित भने फरार रहेकाले खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो