अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बन्दिपुर गाउँपालिका–६ का ६५ वर्षीय सोमबहादुर थापालाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।
पीडितको तर्फबाट उनका अविभावकले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
पीडित युवतीलाई आरोपितले जेठ २९ गते बलात्कार गरेको अभिभावकले उजुरीमा जनाएको डिएसपी लामिछानेले बताए ।
पीडित युृवतीको स्वास्थ्य परीक्षण जेठ ३२ गते नै दमौली अस्पतालमा गरिएको छ ।