INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले रास्कोट नपा–७ का २८ वर्षीय कल फर्सालविरूद्ध जेठ २८ गते प्रहरी चौकी पोतमारामा उजुरी दर्ता गराएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २६ गते रास्कोट नगरपालिकाको लेक क्षेत्रमा यौन दुर्व्यवहार गरेको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग राख्दै शान्नि त्रिवणी गाउँपालिकास्थित पोतमारा प्रहरी चौकीमा पीडित युवतीले निवदेन दिएकी हुन् ।

यौन दुव्र्यवहारको आरोपमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितको खोजी भइरहेको प्रहरी चौकी पोतमाराका इन्चार्ज महाविर चन्दले बताए ।

इन्चार्ज चन्दका अनुसार आरोपित फरार रहेका छन् । पीडित युवतीको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी रास्कोटमा जेठ २८ गते भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो