१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा – १६ का २० वर्षीय विमलेश भनिने राजेश मल्लाहलाई जेठ २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पश्चात गिरफ्तार गरी अनुसन्धान थालिएको सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २६ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,