INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २४ गते घोराही उपमनपा–१० का २३ वर्षीय दिपेश पाण्डेलाई १० वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले १० वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ  ।

पीडित बालिकालाई आरोपितले ०७५ साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए पछि प्रहरीले आरोपितलाई भदौ २ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते लमही अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो