१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रूरू गाउँपालिका–१ का २१ वर्षीय अनिल बिकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते इलाका प्रहरी कार्यालय रिडीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते गुल्मी जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।