INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई राम्रो जागिर दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्ला मदाने गाउँपालिका–१ अग्लुङ स्थायी घरभई बुटवल उपमहानपा–५ पुरानो बसपार्कस्थित गुल्मेली होटलका सञ्चालक ४० वर्षीय शोवबहादुर बस्नेतलाई जेठ १७ गते साँझ होटलबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले होटलको सरसफाईको जागिर दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको भनी पीडित महिलाले जेठ १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो