नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका दिन जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा जेठ १३ गते बिहान रोकिराखेको पी ३१ एक्स ६३१६ नम्बरको लरी ट्रकमा आगजनी गरिएको छ ।
बन्दकर्ताले आगजनी गरेको अशङ्का गरिएको भन्दै संलग्न व्याक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।
उक्त ट्रक नेपाल–भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकेर भारतबाट नेपाल आउँदै गरेको प्रहरीले जनाएको छ ।