INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–७ चुहाडे पिपलचोकका ५२ वर्षिय धनबहादुर दनुवारलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भनी पीडित पक्षले मौखिक उजुरी गरेपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । आरोपितविरुद्ध पीडित परिवारले जेठ १३ गते लिखित निवेदन दिएको एसपी राईले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १३ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो